२०८१ पुष २५ , बिहिवार

बचतकर्ताको पैसा लगेर सहकारीका सञ्चालक गायब

सुनाखरी न्युज/ काठमाडौं- काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक बचतकर्ताको पैसा लिएर गायब भएका छन् । एक हप्ता सहकारी विदा हुने सूचना निकालेर २५ हजार बचतकर्ताको रकम लिएर सहकारी सञ्चालक गायब भएका हुन् ।

 

एक हप्ता सहकारी विदा हुने सूचना निकालेर २५ हजार बचतकर्ताको रकम लिएर सहकारी सञ्चालक गायब भएका हुन् । अध्यक्ष रामबहादुर गौतम र प्रबन्ध निर्देशक रविन्द्र बिस्टले फोन स्विच अफ गरेका छन् ।

 

सञ्चालक भागेपछि बचतकर्ताहरू सहकारी विभागमा पुगेका छन् । सहकारी २३ वर्षदेखि सञ्चालनमा छ ।