सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ । शुक्रबार ९५ हजार १ सय रुपैयाँ रहेको थियो। साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँ कायम भएको छ।