२०८१ मंसिर १० , सोमवार

इरानमा बाढी : ५९ जनाको मृत्य, ३० जना वेपत्ता

सुनाखरी न्युज/ काठमाडौं- अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी देशका विभिन्न भागमा ५९ जनाको ज्यान गएको र अन्य ३० जना हराइरहेका छन् ।

 

रेड क्रिसेन्ट सोसाइटीका अनुसार ६० वटा शहर, पाँचसय १६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन् । हालसम्म एक हजार तीनसय ३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको, पाँच हजार दुई सय १५ जनालाई खाना र बासको प्रबन्ध गरिएको, नौ सय ४४ जनालाई उद्धार गरिएको छ ।

 

राष्ट्रपति इब्राहिम राइसीले मन्त्री, देशभरका सङ्घसङ्गठनका प्रमुख तथा मुलुकका अन्य प्रशासकहरूलाई सम्भावित बाढीबाट जनधनको रक्षाका निम्ति उपलब्ध स्रोत–साधन परिचालन गर्न निर्देशन दिएका छन् । एजेन्सी