२०८१ आश्विन ६ , आइतवार

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको प्रहरी आशंका गरेको छ । काठमाडौं प्रहरीकाअनुसार श्रीमान­–श्रीमती र दुई छोराछोरी रहेका छन् ।

 

प्रहरीका अनुसार १३ वर्षकी छोरी र ८ वर्षका छोरा रहेका छन् । उनीहरुको पहिचान भने खुलेको छैन । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली र उपत्यका अपराध अनुसन्धानकार्यालयका प्रहरी अधिकारी पुगेर अनुसन्धान सुरु गरेका छन् ।

 

उनीहरुको हत्या कसले र किन गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार मृतकहरुको पुख्र्यौली घर गोरखा बोर्लाङको नारनपुर हो । मृतकहरुको थर पाण्डे रहेको बताइएको छ ।