सुनाखरी न्युज/ काठमाडौं – तेह्रथुमको छथर गाउँपालिका-५ ओख्रे ठकुरी गाउँमा छोराले आफ्नै बुबालाई मुस्ली प्रहारगरि हत्या गरेका छन् ।
२४ वर्षीया टंक भण्डारीले आफ्नै बुबा ५३ वर्षका भक्तहादुर भण्डारीलाई मुस्ली प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घरमा के कारणले विवाद भएको हो भन्ने विषय भने खुल्न नसकेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मुस्ली प्रहारबाट गम्भीर घाईते भएका भक्तबहादुरको उपचारको क्रममा छथर उस्पतालमा मृत्यृ भएको हो ।
मृतकको शवलाई पोर्टमाटमका लागि धनकुटा लाने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुम प्रहरी नायब उपरीक्षक निशान थापाले बताउनुभयो । मुस्ली प्रहार गर्ने टंक भने फरार रहेकोले खोजी कार्य भईरहेको उहाँले बताउनुभयो ।