२०८१ मंसिर ९ , आइतवार

लक्ष्मी क्यापिटलले आजदेखि ‘शुभलक्ष्मी कोष’खुल्लामुखी म्युचुअल फण्ड निष्काशन

सुनाखरी न्युज / काठमाडौँ । लक्ष्मी क्यापिटल लिमिटेडले साउन १९ गते, बिहीबार देखि सर्वसाधारण लगानिकर्ताको लागि ‘शुभलक्ष्मी कोष’नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी बैंकले बिज पुँजीको रुपमा लगानी गर्ने छ भने बाँकी रहेको ४ करोड ७५ लाख इकाई मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाखइकाई बिक्री खुल्ला गरेको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाई सम्म आवेदनदिन सक्नेछन् । साउन १९गते आज, बिहीबार बाट निष्कासन हुने यो फण्डमा लगानीकर्ताले छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म धितोपत्र बोर्ड बाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर बाट पनि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको कार्यलक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।