२०८१ आश्विन ६ , आइतवार

म्यादी प्रहरीमा भर्ना हुन हिँडेको छोरो फर्केनन

सुनाखरी न्युज / काठमाडौँ-म्यादी प्रहरीमा भर्ना हुन्छु भनेर गत चैत १३ गते हिँडेको छोरा आजसम्म घर नफिर्किंदा भक्तपुरको एउटा परिवार चिन्तामा डुबेको छ।

 

सूर्यविनायक नगरपालिका–४, शिकारीटारका २३ वर्षे किरण सायाँ श्रेष्ठको कुनै खबर नपाएपछि परिवार चिन्तित बनेको हो। ‘म्यादी प्रहरीमा भर्ना हुन्छु भनेर हिँडेको छोराको कुनै खबर पाएका छैनौं’, उनका पिता कृष्णबहादुर सायाँ श्रेष्ठले ‘त्यही बेलादेखि छोराको मोबाइल फोन पनि अफ छ। म्यादी प्रहरीमा भर्ना पनि भएको रहेनछ। धेरैतिर खोज्यौं, कतै भेटिएन। नेपाल प्रहरीले पनि पत्ता लगाउन सकेको छैन।’

 

उनले छोरालाई कसैले देखेमा आफ्नो मोबाइल नम्बर ९८६०९८७८२३ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन्।