२०८१ आश्विन ५ , शनिवार

प्रताप र दुर्गाको “यसपाली त जसरी म माइत जाने” तीज गीत सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । गायक प्रताप दास र गायिका दुर्गा बिसुरालको स्वरमा रहेको तीज गीत ‘यसपाली त जसरी म माइत जाने’को म्युजिक भिडियो राईट ट्यून अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

 

प्रतिकुल मौसम र अप्ठ्यारो घरायसी परिस्थितिमा श्रीमानश्रीमती बिच भएको वार्तालाप र समझदारीको भाव समेटिएको गीत गीतकार डिपी खनालले लेखेका हुन् । गीतमा ताराप्रकाश लिम्बुको संगीत तथा सबिन लिम्बुको संगीत संयोजन छ ।

 

भिडियोमा सरोज राना प्रजा, आभा थापा, गायिका दुर्गा बिसुराल र राजेश बिसुरालको अभिनय छ । फराज अर्पनको छायांकन, सन्तोष राजबाहकको कोरियोग्राफी तथा डिन्सन शाहको सम्पादन रहेको भिडियोको प्रस्तुतकर्ता रिवाज बिसुराल हुन् । भिडियोका निर्देशक गणेश शाह हुन् ।