२०८१ पुष २६ , शुक्रवार

अमेरिकाबाट बालबालिकालाई साढे २ अर्ब खोपको सहायता

सुनाखरी न्युज/ काठमाडौं- अमेरिकाले साना बालबालिकालाई लगाइने खोप सहायता पठाएको छ । आजै कोभ्याक्स सुविधाको २८ लाख ८४ हजार आठ सय डोज खोप नेपाल सरकारलाई प्रदान गरिएको छ ।

 

मोआलेन एभिएसनको एएमए ४९५८ उडानबाट दुबई हुँदै काठमाडौं आएको विमानले आज बिहान सवा ११ बजे काठमाडौं विमानस्थलमा उक्त खोप ल्याएको हो ।५ देखि ११ वर्षका बालबालिकालाई लगाइने खोपपछि अब कोभिडविरुध्दको खोप कार्यक्रम पुनः सञ्चालन गरिने छ । खोपको जम्मा मूल्य झण्डै साढे दुई अर्ब नेपाली रुपैयाँ पर्न आउँछ । अमेरिकी डलरमा उक्त खोपको मूल्य एक करोड ९४ लाख ७२ हजार चार सय अमेरिकी डलर रहेको छ ।