२०८१ पुष २५ , बिहिवार

टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अव आइएमई पे मार्फत

सुनाखरी न्युज/ काठमाडौं । शेयर लगानीकर्ताले आफ्नो टिएमएस मार्फत आइएमई पे छनौट गरि आफूले ब्रोकरलाई शेयर खरिद गरे बापतगर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्नेछन् ।

 

हाल यो सुबिधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ । आगामीदिनमा बाँकी ब्रोकरहरु पनिथपिने कम्पनीले बताएका छन् । टिएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदायसले शेयर कारोबार गर्ने सबैलाई थप सहजहुने साथै भुक्तानी सेवाप्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको शेयर बजारलाई डिजीटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले उल्लेख गर्नुभएको छ। यो भुक्तानी रियल–टाईममाहुने भएकोले ब्रोकर तथा शेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्नुहुनेछ। यो सुविधा प्रयोग गर्ने शेयर लगानीकर्तालाई हालको लागिकुनै सेवा शूल्क नलाग्ने गरी व्यवस्था मिलाइएको छ ।

 

आइएमई पे को बारेमाः
नेपालको पहिलो भुक्तानी सेवाप्रदायकआइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीयभुक्तानी सेवाप्रदायकहो। “आइएमई पे”आइएमई ग्रुपको डिजिटल वित्तिय सेवाप्रदायकअन्तर्गतको एक उत्पादनहो। नेपाल राष्ट्र बैंकको भुक्तानीतथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिमआइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवाप्रदानगर्ने पहिलो कम्पनीहो।

 

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राहीआफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति–व्यक्तिबीचमाहुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवाप्रदान गर्दै आइरहेको छ। यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यास ब्याकहरुको पनि सुबिधा उपलब्ध छ।

 

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योग्दानपुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढि ग्राहकहरु लाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।