२०८१ मंसिर ९ , आइतवार

नेप्सेमा झिनो अंकको गिरावट

सुनाखरी न्युज /काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन नेप्से झिनो अंकले घटेको छ । आज नेप्से ०.३६ अंकले घटेर दुई हजार ४० दशमलब ७० विन्दुमा बन्द भएको छ ।

 

त्यस्तै, आज नेप्सेमा एक अर्ब ४० करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६९ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज स्वयतगंगा हाइड्रोपावर कम्पनी, मन्दाकीनी हाइड्रोपावर कम्पनी, अप्पर सोलु हाइड्र, अप्पर हेवाखोला, सपोर्ट लघुवित्त वित्तीय संस्था र दोर्दीखोला जलविद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

 

नेप्सेका अनुसार आज सामलिङ पावर कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज १८ करोड ३१ लाख भन्दा बढीको कारोबार भएको छ ।