सुनाखरी न्युज /काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ मंगलबार बाँडफाँड हुने भएको छ। धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँड कार्यक्रम मंगलबारका लागि तय गरिएको हो। बाँडफाँड कार्यक्रम कति बजे र कहाँ गर्ने भनेर टुंगो नलागेको क्यापिटलले जनाएको छ।
धौलागिरी लघुवित्तले गत साउन २४ गतेबाट साउन २९ गतेसम्म आईपीओ बिक्री गरेको थियो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन्।
निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन्। यो आईपीओ ७० गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। यो हिसाबले धौलागिरी लघुवित्तको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट भाग्यमानी ३० हजार ९२९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये थप ५ जनाले एक–एक कित्ता सेयर पाउनेछन्।