सुनाखरी न्युज/ काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ३०० रुपैयाँ कायम भएको हो।
हिजो बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। समग्रमा यो साता सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ।
आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार १७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार १७५ रुपैयाँमा कारोबार भएको छ। यो साता चाँदीको भाउ भने ५ रुपैयाँले मात्र बढेको छ।