२०८१ पुष २६ , शुक्रवार

शिवम् सिमेन्ट्सको विशेष साधारण सभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले विशेष साधारण सभा सम्पन्न गरेको छ । शुक्रबारका लागि बोलाईएको विशेष साधारण सभा अनामनगर स्थित कम्पनीको सभाहलमा सम्पन्न गरिएको हो ।

 

उक्त सभा कम्पनीका संचालक अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसि संचालक समितिको निर्णय बमोजिम सभा समक्ष प्रस्तुत गरिएका सबै विशेष प्रस्तावहरु पारित गर्दै विशेष साधारण सभा सम्पन्न भएको थियो । विशेष साधारण सभाबाट कम्पनीको प्रबन्ध पत्रको दफा ६ को खण्ड (ख) र (ग) तथा नियमावलीको नियम नं. २३, नियम नं. २५ को (५) नियम नं. २७ को (२), नियम नं. २९ र नियम नं. ३१ संशोधन गर्ने सम्बन्धि सबै विशेष प्रस्तावहरु सर्व सम्मत रुपमा पारित भएका छन ।

 

उपरोक्त संशोधन पश्चात कम्पनीको संचालक समितिको संख्या ७ सात जनाबाट ६ छ जनाको कायम हुनुका साथै कम्पनी ऐन २०६३ को दफा ७३ बमोजिम ५१ प्रतिशत वा सो भन्दा बढि शेयरधनीहरुको उपस्थितिमा साधारण सभा संचालन गर्न सकिने गरी नियमावलीमा व्यवस्था गरिएको छ । सर्बसाधारणका लागि आईपिओ निष्काशन गर्ने पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले उत्पादन समय देखिनै आफ्नै चुनढुङ्गा खानीबाट ओपिसि मात्र उत्पादन तथा विक्रिवितरण गर्दै आईरहेको छ ।