सुनाखरी न्युज/ काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं, ठमेल स्थित रमादा एन्कोर होटल बीच सिटिजन्स बैंकका कार्डबाहकहरू लाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर भएपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले रमादाएन्कोर होटलबाट प्रदान गरिने सेवाहरुमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगदकारोबार बाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, ई.के.वाई.सी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्तहोस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्र को समेत स्थापना गरिसकेको छ । जसबाट बैंककाग्राहक सेवा प्रतिनिधिहरु सँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थितन भईकन 01-5970068 नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ईमेल गरी प्राप्तगर्न सक्नुहुनेछ ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वितहुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु बाट करिव १४ लाख ४६ हजार ग्राहकवर्ग लाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।