२०८१ मंसिर ४ , मंगलबार

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

सुनाखरी न्युज/ काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न आज बिहीबार पनि सत्ता गठबन्धनको बैठक बस्दैछ ।

 

बैठक बिहान ११ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू हुनेछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन दलहरुबीच सिट बाँडफाँटका लागि बैठक बस्न लागेको हो ।

 

बुधबार पनि बालुवाटारमा सिट बाँडफाँटबारे छलफल भएको थियो । गठबन्धन भित्रका दलहरुले सिटमा आफ्नो आफ्नो दाबी नछोड्दा सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन ।