२०८१ आश्विन ७ , सोमवार

अवस्था ठिक नभएका सवारी साधन चलाउने चालक ट्राफिक कारवाहीमा

सुनाखरी न्युज/ काठमाडौं । अवस्था ठिक नभएका सवारी साधनलाई कार्वाही गर्दै आएको ट्राफिक प्रहरीले आज देखि अभियानकैमा रुपमा कार्वाहीलाई थप तिब्रता दिएको छ ।

 

काठमाडौंको कीर्तिपुर स्थित टि.यु गेट नजिकै आज बिहान तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा २६ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । चेकिङ्गको क्रममा हेण्ड ब्रेक निकालेका ३ जना टाटा सुमोका चालक र च्यासिस बाङ्गो बनाएको एउटा टाटा सुमोका चालकलाई ट्राफिक प्रहरीले सवारी साधनको स्वरुप परिर्वतनको कसुरमा कारवाही गरेको हो । यस्तै, हेड लाईट ठिक नभएको एउटा र अवस्था ठिक नभएको ५ ओटा टाटा सुमोका चालकलाई कारवाही गरिएको छ ।

 

चेकिङमै भेटिएका वाइफर निकालेको र सवारी साधनको बत्ति ठिक नभएको ८ ओटा पानी ट्याङकर र अन्य टाटा र डि. आई गाडीका ८ जना चालकलाई पनि कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनु भएको छ । अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न आजबाट अभियानलाई तिव्रता दिईएको हो । आगामी दिनमा अभियानले निरन्तरता पाउने र अवस्था ठिक नभएको सवारी साधन चलाएको पाईएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारवाही हुनेछ ।