२०८१ पुष १० , बुधवार

सुनचाँदीको मूल्यमा गिरावट

सुनाखरी न्युज/ काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउन थालेपछि सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पर्न थालेको छ ।

 

स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो । यसअघि बुधबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको थियो । तीज सकिए लगत्तै सुनको मूल्यमा गिरावट आएको हो। पछिल्लो २ दिनमा मात्रै १ हजार ६०० रुपैयाँले भाउ घटेको छ ।बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार तोलाको ९४ हजारमा कारोबार भएको थियो ।

 

यस्तै आज आज तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन बुधबार ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन चाँदी प्रतितोला ३० रुपैयाँ घटेर १ हजार १०० रुपैयाँ निर्धारण गरेको जनाएको छ । अघिल्लो दिन बुधबार १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।