सुनाखरी न्युज/ काठमाडौं ।
सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौं–७ मा डा. रामशरण थपलियाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं ७ को प्रत्यक्ष उम्मेदवारतर्फ डा। थपलियाको नाम सिफारिस गरिएको हो ।
कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका थपलियासहित विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, नीलकाजी शाक्य, प्रमोदहरि गुरागाईं, सरोज थापा, सुशील भट्ट र प्रमिलासिंह डंगोलको पनि नाम सिफारिस भएको छ ।
उनको पुख्र्यौली घर धादिङ हो । यसअघि थपलियासँग पर्यटन क्षेत्र निकट धेरै संघ–संस्थामा रहेर काम गरिसकेको अनुभव छ । नेपाल उद्योग वाणिज्य संघको समेत केन्द्रीय सदस्य रहेका थपलिया संस्थापन इतर समूहनिकट मानिन्छन् ।
वरिष्ठ पर्यटन व्यवसायी थपलियाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि ९पीएचडी० गरेका छन् । थपलियाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र अन्तर्गत The Role of Nepali political parties in democracy Building विषयमा पीएचडी गरेका हुन् ।
यस्तै नेकपा एमालेबाट रघुजी पन्त, विद्यासुन्दर शाक्य, इन्दिरा पन्त, बिपी ढकाल र श्याम घिमिरेको नाम सिफारिस भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रबाट मुक्ति प्रधान र रामबाबु फुँयाल दाबेदारी रहेका छन् । यद्यपी उनीहरुको नाम सिफारिस भइसकेको छैन ।
त्यसैगरी, एकीकृत समाजवादीबाट वसन्त मानन्धरको नाम सिफारिस भएको छ भने जनता समाजवादी पार्टी ९जसपा० बाट राजेन्द्र श्रेष्ठ, स्वतन्त्रबाट यादवलाल कायस्थ, रवीन्द्रकुमार श्रेष्ठ र सुर्य सिलाकारको नाम सिफारिस भएको छ ।