सुनाखरी न्युज/ काठमाडौं ।
सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौं–७ मा चर्चित युवा नेता प्रमोदहरि गुरागाईंको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं ७ को प्रत्यक्ष उम्मेदवारतर्फ नेता गुरागाईंको नाम सिफारिस गरिएको हो ।
कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका गुरागाईं सहित विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, नीलकाजी शाक्य, डा. रामशरण थपलिया, सरोज थापा, सुशील भट्ट र प्रमिलासिंह डंगोलको पनि नाम सिफारिस भएको छ ।
गुरागाईं ३ पटक नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य र १ पटक, उपाध्यक्ष भैसकेका छन् । उनी नेपाली कांग्रेस केन्द्रीय नीति , अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निवर्तमान सदस्य समेत हुन् । |
गुरागाईं ३ पटक नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य र १ पटक, उपाध्यक्ष भैसकेका छन् । उनी नेपाली कांग्रेस केन्द्रीय नीति , अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निवर्तमान सदस्य समेत हुन् ।
पपुलर मत सहित महाधिवेशन प्रतिनिधि निर्वाचित गुरागाईंलाई केन्द्रीय सदस्यमा १३२६ मत प्राप्त भएको थियो । उनी त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक समेत थिए । उनले त्रि वि को उपप्राध्यापक बाट राजिनामा दिएका हुन् । गुरागाईं सो क्षेत्रमा धेरैले रुचाएका ब्यक्ति हुन ।
सो क्षेत्रमा नेकपा एमालेबाट रघुजी पन्त, विद्यासुन्दर शाक्य, इन्दिरा पन्त, बिपी ढकाल र श्याम घिमिरेको नाम सिफारिस भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रबाट मुक्ति प्रधान र रामबाबु फुँयाल दाबेदारी रहेका छन् । यद्यपी उनीहरुको नाम सिफारिस भइसकेको छैन ।
त्यसैगरी, एकीकृत समाजवादीबाट वसन्त मानन्धरको नाम सिफारिस भएको छ भने जनता समाजवादी पार्टी ९जसपा० बाट राजेन्द्र श्रेष्ठ, स्वतन्त्रबाट यादवलाल कायस्थ, रवीन्द्रकुमार श्रेष्ठ र सुर्य सिलाकारको नाम सिफारिस भएको छ ।