सुनाखरी न्युज/ काठमाडौं । यो दशैं र तिहार जावासँग मनाउन तयार हुनुहोस । नेपालको सबैभन्दा आधुनिक र आकर्षक मोटरसाइकल जावाले यस चाडपर्वको मौसममा नयाँ ग्राहकहरूका लागि अभूतपूर्व अफर ल्याइरहेको छ ।
जावा नेपालले तपाईंलाई सर्वाधिक मनपर्ने जावा “९%”को शानदार ब्याज दरमा ल्याएको छ। साथै तपाईंले यस चाडपर्वको मौसममा हरेक जावा बाइकको खरिदमा निःशुल्क “प्रोफेशनल राइडिङ ज्याकेट” र निःशुल्क “हेल्मेट“ पनि प्राप्त गर्नुहुनेछ। कम्पनीले तपाइँको गाडीको लागि सर्वाधिक मूल्याङ्कन सहित “Easy Exchange” सुविधा पनि उपलब्ध गराउँदै आएको छ। ९% को न्यूनतम ब्याज दर संग, आफ्नो मनपर्ने जावा प्राप्त गर्न अब अझ सजिलो भएको छ। हाम्रो फाइनान्सिङ पार्टनर “अग्नि हायर पर्चेज लिमिटेड” सँगको सहकार्यमा यो सुबिधा ल्याइएको हो। सजिलो फाइनान्सिङ र न्यूनतम ब्याज दरको साथ कुनै पनि झन्झट बिना आफ्नो मनपर्ने जावा खरिद गर्नसक्नुहुन्छ ।
जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सेल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको छ । यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर CE द्वारा प्रमाणीकरण गरिएको छ । त्यसै गरी यसको हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्दछ । जावा मोटरसाइकल एक दशक भन्दा बढी समयदेखि मोटरसाइकल बनाउने लेजेन्डरी बाइक निर्माता कम्पनी हो। यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो ।
स्थापना कालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रुपमा रहदैं आएको छ । नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रा.लि. ले भित्राएकोे हो । आग्नि माटो इन्क प्रा.लि अग्नि ग्रुप अन्तर्गत स्थपित सहसंस्था हो । देशभरको १६ भन्दा बढी डिलर नेटवर्कसंग, तपाइँको मनपर्ने जावा सधै तपाइँको पहुँचमा छ ।