२०८१ मंसिर ८ , शनिवार

गायक प्रविन बेडवालको स्वर रहेको गीत ‘बाध्यतामा’ सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । गायक प्रविन बेडवालको स्वर रहेको गीत ‘बाध्यतामा’ सार्वजनिक भएको छ । प्रेम गुरुङको शब्द तथा मीन ग्ुरुङको संगीत र कृष्ण साउदेन लिम्बुको एरेन्ज रहेको गीतको भिडियोमा प्रेम गुरुङ, रंजिता गुरुङले फिचर्ड छन् ।

 

मायामा परेको जोडीको भावलाई गीत मार्फत प्रस्तुत गरेका छन् । ‘गीतमा प्रेममा भित्रिएको प्रविधिलाई पनि जोडेका छौँ । गीत अनुसार नै भिडियो तयार भएको छ’ गीतकार प्रेम गुरुङ भने । सार्वजनिक गीतको भिडियोलाई शम्भु मोक्तानको छायाँकन , बन्दे प्रसादको सम्पादन तथा गोविन्द राईको निर्देशन भिडियोमा रहेको छ ।

 

‘गीतमा प्रेम र बेदनालाई व्यक्त गरिएको छ । साथै प्रविधिलाई पनि जोडेअनुसार नै भिडियोमा प्रस्तुत गरेको छु’ गीतकार प्रेमले भने । गीतमा तुलसी गुरुङ, उरी गुरुङ र आश्मीना गुरुङको समेत गीतमा अभिनय देख्न सकिन्छ ।