२०८१ मंसिर १३ , बिहिवार

प्रभु बैंक र पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर बिच सम्झौता

सुनाखरी न्युज / काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा स्थित पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

 

बैंकका तर्फबाट हरिचोक शाखा कार्यालय प्रमुख सुनीता गुरुङ्ग र पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि.का तर्फबाट प्रबन्ध निर्देशक पुरुषोत्तम सुवेदीद्धारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि.द्धारा सञ्चालित ल्याबोरेटोरिज डाइग्नोस्टिक टेस्टमा २५ प्रतिशत, नर्मल एण्ड स्पेशल अल्ट्रासाउण्डमा १० प्रतिशतका साथै विक्रीटोलोजी सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

 

उक्त सम्झौता अन्तर्गत पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि.मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।