सुनाखरी न्युज / काठमाडौं । नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंक लि. बैंक संचालक समितिको संचालक सदस्यमा सुमन दाहाल मनोनयन हुनु भएको छ ।
नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय संघियता समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहनु भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य सुमन दाहाल .लाई बैंक संचालक समिति बैठक नं.९८३ का अध्यक्ष डा.राजेन्द्र प्रसाद मिश्रले सपथ ग्रहण गराउनु भएको थियो ।
उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु डा. इन्दिरा श्रेष्ठ (मास्के), रमेश दुवाडी, संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेत को उपस्थिती रहेको थियो ।