२०८१ पुष २७ , शनिवार

राजकुमार कार्कीलाई मोटरसाइकल रेसिङको उपाधि

सुनाखरी न्युज / काठमाडौं । नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२२ को ट्रफी राजकुमार कार्कीले उचालेका छन् । सातदाबाटोमा शनिबार सम्पन्न १ सय ५० सीसीको मोटरसाईकल रेसिङमा आशिकलामा दोस्रो तथा अजय तामाङ तेस्रो भए ।

 

नेपाल अटोमोबाईल्स एसोसिएसन(नासा नेपाल) मा आबद्ध क्लबमोटर स्पोर्टस नेपालद्वारा आयोजित नेपालकै लोकप्रियबाइक रेसिङमा ४८ जना प्रतिस्पर्धी थिए । यमाहा मोटरसाइकल मूख्य प्रायोजक रहेको रेसिङका विजयीहरुलाई बागमती प्रदेशका पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, माउन्टेन स्पोर्टस फेडेरेसन नेपालका अध्यक्ष गोविन्द भट्टराई तथानासा नेपालकापदाधिकारी र मोरङ अटो वर्क्सका अधिकारीहरुले पुरस्कार वितरण गर्नुभयो ।

 

विश्वकै लोकप्रिय मानिएको मोटरसाईकल रेसिङ सन् २००८ बाट नेपालमा प्रवेश भएको हो । विश्वमोटरसाईकल महासंघ फेडेरेसन इन्टरनेशनल डे मोटरसाईक्लीजमको नेपाल च्याप्टरको रुपमानासा नेपाल र त्यसको मातहतकादर्जनौ क्लबहरु मोटरसाइकल रेसिङ, र्याली र टुरिङमाक्रियाशिल छन् ।