२०८१ पुष २७ , शनिवार

रियलमीको “उत्सवको बहार, हरेक दिन उपहार”

सुनाखरी न्युज / काठमाडौं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठको पावन अवसरमा “उत्सवको बहार हरेक दिन उपहार” योजना ल्याएको छ । यहि असोज १० गते ००ः०० बाट realmecampaigns.com  मा शुरु हुने यो अफरमा उपभोक्ताहरुले स्मार्टफोन, टिभि, वाशिङ मसिन लगायत अन्य थुप्रै आकर्षक उपहारहरु जित्न सक्नेछन्।”

२०२२ को दोश्रो चौमासिकको सर्वेक्षण अनुसार नेपालकै सर्वोत्कृष्ट मध्य तेश्रो स्मार्टफोन ब्रान्ड हुन सफल रियलमीले आफ्ना उत्पादनहरु मार्फत उपभोक्ताहरुलाई नवीनतम प्रविधि प्रदान गर्दै अगाडि बढ्न सफल भएको छ । चाडपर्व लक्षित यस अफरको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो,“रियलमी सँधै नवीनतम प्रविधिहरु ल्याउन अग्रसर छ र हाम्रा उपभोक्ताहरुले पनि यसलाई मन पराइरहनुभएको छ । यो माया र साथको लागि हाम्रा उपभोक्ताहरुलाई हृदयदेखि नै धन्यवाद दिँदै वहाँँहरुको लागि पनि हामीले हाम्रो तर्फबाट केही विषेष उपहारहरु दिन गईरहेका छौँ । हामीलाई आशा छ हाम्रो यो सानो प्रयासले वहाँँहरुको चाडपर्वको माहोल अझै रमाइलो हुनेछ ।”

 

यस योजना अन्तर्गत असोज १० गते देखि गते कार्तिक १४ सम्म हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ताहरु छानिनेछन् । यस योजनामा सहभागि हुनको लागि realmecampaigns.com  मा गएर आफ्नो नाम, फोन नम्बर, आफुले खरिद गरेको स्र्माट्फोनको आइएमइआइ नम्बर र मोडल नम्बर जस्ता विवरणहरु राखेर दर्ता गर्नुपर्ने हुन्छ । यसरी छानिएका विजेताहरु मध्य हरेक हप्ता २ जनाले रियलमी सि ३० स्मार्टफोन जित्न सक्नेछ्न् भने ३ जना बम्पर विजेताले रियलमी ९, वाशिङ मसिन र ६५ इन्चको 4K टिभि जित्न सक्नेछन् ।

Consumer Scheme (26th Sep to 31st Oct)
Prize Duration Period
Konka 65″ 4K TV Bumper September 26th to October 31st
Konka 7KG Front Loading Washing Machine Bumper
Realme 9 8+128 Bumper
C30 2+32GB Weekly
Konka 1800W Vacuum Cleaner Daily
Konka Tornado 3 Jar 550W Mixer Daily
Konka 1.8L Deluxe Rice Cooker Daily
Konka 2 Rod 800W Quartz Heater Daily

यो अफर असोज १० गते देखि कार्तिक १४ सम्म खरिद गरिएका बजेट इन्टर्टेनरसी सिरीज, गेमिङ–केन्द्रित नार्जो सिरिज,अलराउन्डर नम्बर सिरिज,इनोभेटिभ जिटि सिरीजलगायत सबै रियलमी स्मार्टफोनहरूमामा लागु हुनेछ ।