२०८१ कार्तिक २१ , बुधवार

निर्वाचन आचारसंहिता व्यवहारिक नभएको कांग्रेस प्रवक्ताकाे टिप्पणी

सुनाखरी न्युज / काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता व्यवहारिक नभएको बताएको छ। पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आयोगले यसपटक जारी गरेको आचारसंहिता व्यवहारिक नभएको टिप्पणी गर्नु भएकाे छ ।

 

उहाँले भन्नुभयाे, ‘गठबन्धनका दलहरु र प्रतिपक्षी दललेसमेत प्रधानमन्त्री र मन्त्रीहरुले प्रचारमा जान नपाउने प्रावधान व्यवहारिक भएन भनिरहेका छन् ।’प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसको सभापति तथा मन्त्रीहरु पार्टीको जिम्मेवार पदमा पनि रहेकाले जनमत बनाउन हिँड्नु स्वभाविक भएको महतको भनाइ छ।त्यस्तै महतले डा. शेखर कोइराला समूहले गरिरहेकाे विरोध अनावश्यक रहेकाे बताउनुभयाे । उहाँले कोइराला समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको समेत बताउनुभयाे ।

 

उहाँले भन्नुभयाे,’समानुपातिक पद्धतिको बन्दसूची सहमतिबाटै तयार पारिएको हाे, कुनै एउटा पक्षलाई पक्षपोषण गर्ने गरी सूची बनेकाे छैन, त्यसैले अहिले काेइराला समुहले गरिरहेकाे विरोध अनावश्यक र पार्टीको हितमा छैन।’उहाँका अनुसार पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु समावेश भएर सहमतिबाट त्यो समानुपातिक सूची पेश भएकाे हाे । उहाँले भन्नुभयाे, ‘केही कमीकजाेरी हाेलन् । तर एउटा पक्षलाई पक्षपोषण गरेर अर्कोलाई कमजोर गर्ने केही काम भएकाे छैन।’