२०८१ मंसिर १३ , बिहिवार

प्रभु बैंक र चुरे हिल हस्पिटल विच सम्झौता

सुनाखरी न्युज / काठमाडौं । प्रभु बैंक लिमिटेड र हेटौंडा, मकवानपुर स्थित चुरे हिल हस्पिटल प्रा.लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

 

बैंकका तर्फबाट हेटौंडा शाखा कार्यालय प्रमुख अशोक प्रताप साह रचुरे हिल हस्पिटलप्रा.लि.का तर्फ बाट प्रशासनिक प्रमुख रविन्द्र कुमार थापाद्धारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले चुरे हिल हस्पिटल प्रा.लि.द्धारा सञ्चालित (आइ.सी.यु) बाहेकका सम्पूर्ण सेवामा १५ प्रतिशत का साथै फार्मेसी औषधी शुल्कमा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

 

उक्त सम्झौता अन्तर्गतचुरे हिल हस्पिटल प्रा.लि. मा सुविधा लिन चाहनुहुने प्रभु बैंककाग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,चुरे हिल हस्पिटल प्रा.लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछभन्ने बैंकले विश्वास लिएको छ ।