२०८१ पुष २७ , शनिवार

कामना सेवाको कार्डमा E-Commerce सुविधा

सुनाखरी न्युज / काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्ड सेवाग्राहीहरुलाई सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले डेबिट तथा क्रेडिट कार्डमा E-Commerce सुविधा समावेश गरेको छ ।

 

कामना सेवा विकास बैंकका कार्ड सेवाग्राहीहरुले अनलाईन मार्फत सामान सरिद गरी आफ्नो E-Commerce सक्रिय डेबिट वा क्रेडिट कार्ड मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले मिति २०७९ साल असोज १० गते सोमबार देखि यो सुविधा लागू गरेको हो । बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो कार्ड मार्फत यो सुविधालिन आफ्नो नजिकैको शाखामा गई सजिलै E-Commerce सुविधा सुचारु गराउन सक्नेछन् ।

 

साथै, बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले चाडपर्वको अवसरमा E-Commerce सक्रिय कार्ड मार्फत Sastodealमा अनलाईन किनमेल गर्दा २० प्रतिशत वा रु २००० सम्मको नगद छुटको लाभ लिन सक्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रबर्धन गर्ने उद्देश्यले यो सुविधा ल्याएको हो । साथै, आगामी दिनहरुमा समेत अन्य सेवा सुविधाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।