२०८१ मंसिर १३ , बिहिवार

कामना सेवाद्वारा स्मार्टफोन विजेता घोषणा

सुनाखरी न्युज / काठमाडौं । कामना सेवा विकास बैंकले डिजिटल करोबार प्रबर्धन गर्ने उद्देश्यका साथ २०७९ साल भाद्र १९- २४ सम्म KS Digital Week संचालनमा ल्याएको थियो ।

उक्त सप्ताहमा डिजिटल करोबार प्रोत्साहन गर्नको लागि बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न अफरहरु उपलब्ध गराएको थियो । विभिन्न अफर मध्य, F1Softसँगको साझेदारीमा संचालन गरेको अफर अन्तर्गत कामना सेवाका ग्राहकहरुले आफ्नो KS iMoblie App मार्फत कुनैपनि तीन वटा फरक transactions गरेका दुई जनाले Smartphone प्राप्त गरी भाग्यशाली विजेता बन्न सफल हुनु भएको छ ।

 

उक्त कारोबार गर्ने ग्राहकहरु बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बिनय दाहालद्वारा Lucky Draw गरी हेटौंडाका अजित बिडारी र वीरगंजका Perfect Solution Centre लाई Smartphone को विजेता घोषणा गरिएको थियो । उक्त Smartphone बैंकले भाग्यशाली ग्राहकहरुलाई बैंकको सम्बन्धित शाखाका शाखा प्रमुखद्वारा उपहार हस्तान्तरण गरिएको थियो ।