सुनाखरी न्युज / काठमाडौं । चाडपर्वको समयमा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिने ४२ जनालाई काठमाण्डौ उपत्यकाबाट ट्राफिक प्रहरीले प्रहरीले पक्राउ गरेको छ ।
कोटेश्वरबाट ८ जना, बल्खुबाट १२ जना, नयाँबसपार्कबाट ८ जना,माछापोखरीबाट ६ जना र कलंकीबाट ८ जना गरी ४२ जना आज पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट आज खटिएको प्रहरी टोलीले दिनभरी अनुगमन गर्दा चाडपर्वको समयमा यात्रुहरुलाई तोकिएको भन्दा बढी भाडा लिने, अनाबश्यक हैरानी दिने, टिकटमा तोकिएको सिट नदिने जस्ता बिभिन्न गतिबिधीमा संलग्न रहेका उनीहरूलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वर, प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग गंगबु पठाइएका छन ।