२०८१ पुष २८ , आइतवार

लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा १ जना चालक पक्राउ

सुनाखरी न्युज / काठमाडौं । लागुऔषध सेवन गरी सवारी साधन चलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीलेनागढुङगा क्षेत्रमा चेकजाँच गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युरो कोटश्वरको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा १ जना चालकलाई आज साँझ नागढुङगा सडक खण्डमा फेला पारेको हो । बागमती प्रदेश ०१- ००६ ख ३९९१ नम्बरको आईचर गाडीका चालक धादिङको धुनिबेशी नगरपालिका ५ का २३ बर्षिय सुजन ढकाल लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा फेला परेका हुन् । चेकिङको क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा हालसम्म ४ जना चालक फेला परेका छन् ।

 

उनिहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाईएको छ । सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको हो । लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न चेकजाँच अभियानलाई तिव्रता दिईएका छन ।