२०८१ पुष २७ , शनिवार

दसैंको लागि कोका–कोला नेपाल र सन्तोष शाहको विशेष रेसिपी

सुनाखरी न्युज / काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँगमिलेर दसैं विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ । दसैंमा विशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलु÷कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ । सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु दसैंको लागिअत्यन्तै उपयुक्त छन् ।

 

कोका–कोलाबोतलको लेबलमाभएको QR कोड स्क्यान गरेर यी रेसिपी भिडियोहरु हेर्न सकिनेछ भने कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमापनियी रेसिपी भिडियोहरु उपलब्धहुनेछन्। यसको साथै उपभोक्ताहरुले आफुले बनाएको परिकारको भिडियो कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न सक्नेछन् । यसरी भिडियो राख्ने मध्य ३ जनाभाग्यशालीविजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका पनिपाउन सक्नेछन् । उक्त सहकार्यको बारेमाबोल्दै सेफ सन्तोष शाहले भन्नुभयो, “दसैंको कुरा गर्नासाथहाम्रा परम्परागत स्वादिलाखानाहरुको पनि कुरा आइहाल्छ। यो वर्ष मैले कोका–कोलासँगमिलेर दसैंँमाखाइने ५ विशेष परिकारहरुको रेसिपीयहाँहरुलाई दिँदैछु । यो रेसिपीमा मैले आफ्नै विशेष तरिका अथवा सामानहरु पनिथपेको छु ।

 

आशा छ, यहाँहरुले पनि आफ्नो प्रियजनहरुसँग यो रेसिपी बनाउनु हुनेछ र सँगै बसेर रमाइलो गर्दै खानुहुनेछ। यसरी यी परिकारहरु बनाएको भिडियो चाँहि सामाजिक सञ्जालमापनि राख्नुहोला ।”यस्तै कोका–कोला नेपालका कन्ट्रि डाइरेक्टरश्री आदर्श अवस्थीज्युलेभन्नुभयो, “नेपालीहरु आफ्नो चाडपर्व र आफ्नो मौलिक स्वादप्रतिएकदमै गर्व गर्नुहुन्छ । त्यसैले वहाँहरुको लागि मास्टर सेफ सन्तोष शाहसँग मिलेर दसैं विशेष परिकारहरुको रेसिपीप्रदान गर्न पाउँदा हामी पनि उत्तिकै उत्साहित छौँ । हामीलाई आशा छ वहाँहरुले पनियी रेसिपीहरु बनाउनु हुनेछ र चिसो कोका –कोलासँग स्वादलिनुहुनेछ ।”

 

कोका–कोलाले यो वर्षको आफ्नो दसैं क्याम्पेनको एउटा भागको रुपमा मास्टर सेफ सन्तोष शाहसँग सहकार्य गरेको हो ।“सम्बन्ध उत्सव स्वादसँग”थिम राखिएको यो क्याम्पेनले दसैंको मुख्य आकर्षण सम्बन्ध र खानाको स्वादलाई प्रतिविम्वित गरेको छ ।