सुनाखरी न्युज / काठमाडौं । प्रभु बैंक लिमिटेड र वालिङ्ग, स्याङ्जा स्थित होटल गाउँबेसी प्रा.लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकका तर्फ बाट वालिङ्ग शाखा कार्यालय प्रमुख सन्तोष कुमार पौडेल रहोटल गाउँबेसी प्रा.लि.का तर्फ बाट अध्यक्ष सुदन श्रेष्ठद्धारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनु भएका सम्पूर्ण ग्राहक महानुभावहरुलेहोटल गाउँबेसी प्रा.लि.द्धारा सञ्चालित“फुड र वेभरेज” सेवामा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ।
उक्त सम्झौता अन्तर्गतहोटल गाउँबेसी प्रा.लिमा सुविधा लिन चाहनुहुने प्रभु बैंककाग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,होटल गाउँबेसी प्रा.लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।यस सम्झौता बाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुने छ भन्ने बैंकले विश्वास लिएको छ ।