२०८१ पुष २७ , शनिवार

कुमारी बैंकद्वारा ७ जना ग्राहकहरु लाई बीमा सुविधा वापतको रकम भुक्तानी

सुनाखरी न्युज / काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत कुश्मा शाखामा बचत खाता खोल्नु भएका ७ जना ग्राहक महानुभावहरुलाई खातामा उपलब्ध बीमा सुविधा वापतको रकम भुक्तानी गरेको छ।

 

उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोल्नु भएको गोकर्ण बहादुर श्रेष्ठ,शान्ती नेपाली, अमृता कुमारी कंडेल, रामचन्द्र श्रेष्ठ, शक्ति श्रेष्ठ, नरेन्द्र भुवाजी र कविता श्रेष्ठ लाई क्रमश रु ३३,२५०, रु३८,०००, रु३८,०००, रु ३८,०००, रु १७,१०० , रु २८,०७७.२५, र रु ३८,००० बराबरको चेक बैंकका शाखा प्रबन्धक दीपकराज पौडेलले एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो। बैंकले सो बीमा रकम नेको ईन्सुरेन्स सँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको उक्त बचत खातामा बीमा सुरक्षण योजना अन्तर्गत २६ लाख रुपैयाँ सम्मको सुविधा प्राप्तहुने बैंकले जानकारी गराएको छ ।

 

साथै यस बचत योजना अनुसार खातावाला लाई निशुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ, र ईन्टरनेट बैंकिङ सेवा उपलब्ध छ। कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५४ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेन्सन काउन्टर बाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमता लाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।