सुनाखरी न्युज/ काठमाडौं ।
नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले शुक्रबार शपथ ग्रहण गरेका छन् । थम्पसनलाई अमेरिकी उपविदेशमन्त्री वेन्डी आर शर्मनले सपथ गराएकी हुन् ।
त्यस्तै नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएका छन् । अमेरिकाले नामिबियाका लागि राजदूत नियुक्त गरेसँगै उनी आइतबार स्वदेश फर्किएका हुन् ।
‘मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीहरूको सम्बन्धको इतिहासको बारेमा पनि समाबेस हुने सौभाग्य प्राप्त गरेकोमा अत्यन्तै कृतज्ञ छु,’ बेरीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले यहाँहरूबाट व्यक्तिगत रूपमै अनुभव गर्न पाएको अनेकौं माया, सदभाव र सत्कारका क्षणहरूका लागि सदैव आभारी रहनेछु ।’
उनले नेपालको भविष्यका विषयमा अत्यन्तै आशावादी रहेको भन्दै आफूले यहाँका नागरिक, भूभाग, विश्वास र संस्कृतिलाई अत्यन्तै राम्ररी बुझ्ने अवसर प्राप्त गरेको समेत उल्लेख गरेका छन् ।