२०८१ कार्तिक २१ , बुधवार

देशभर बाढी पहिरोको बितण्डा

सुनाखरी न्युज/ काठमाडौं । तीन दिनदेखिको वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको छ । दसैंमा भएको वर्षाका कारण ठाउँ ठाउँमा पहिरो जाँदा गाडीहरु गन्तव्यमा पुग्न सकेका छैनन् ।

 

टिका ग्रहण गर्न जानेदेखि घरबाट कार्यक्षेत्र फर्किनेहरुसमेत प्रभावित भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ ।

 

पाल्पामा सबैभन्दा बढी १४३ मिलिलिटर वर्षा भएको छ । त्यसपछि लुम्बिनीको रुपन्देहीमा ११९ मिलिलिटर वर्षा भएको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भइरहेको छ । बागमती र अन्य प्रदेशमा मध्यम तथा हल्का वर्षा भइरहेको छ ।