२०८१ आश्विन ७ , सोमवार

वालेन र राजनीति

बिपिसा पौडेल ।
गण्डकी बोडिङ स्कुल

६१७६७ भोट ल्याइ बनेका थिए वालेन काठमाडौंका मेयर ।
ढिला नगरिकन गरिदिनु है सबैले यस पोष्टलाई शेयर ।
सबै भन्छन वालेन वालेन के छ र उनमा त्यस्तो ।
मेयर त बनेका हुन नि किन गर्छन हल्लिखल्लि यस्तो ।

 

सुनिता र वालेनमा भएका थियो मेयर र उपमेयरको लडाइ ।
राम्रै काम त गरेका छन नि सरकारी विद्यालयमा गरेपनि पदाइ ।
पेसाले इन्जिनियर भए पनि थियो उनमा राम्रो राजनीति गर्ने मनमा ।
कसैले फसाउन खोजे पनि फस्न चाहान्नन् ऊनी अरुको धनमा ।

 

देशलाई राम्रो गतिमा लान्छु भन्ने वालेनलाई सबैले दिए साथ ।
त्यही भएर आए उनी अहिले यस देशको माथ ।
सरकारी जग्गा मिच्नेहरूको गर्दै छन उनले पर्दाफास ।
डोजर लिदै हिनेका छन उनी चोकचोक गल्लीबास ।

 

भत्काउन छोडेका छैनन् उनले अनाधिकृत घर र भवन ।
राजनीतिक पार्टीका व्यक्तिले गर्न खोज्दैछन् उनको दमन ।
दसैंमा पनि भनेका छैनन् उनले दिन र रात ।
काम गरेकै छन् उनले नगरेपनि हुन्छ अब ठुलो बात ।

 

जनतालाई ठग्ने राजनीतिज्ञ चाहिएकै छैन हामीलाई ।
तिमी जस्तै हो हामीले खोजेकी प्रिय मेयर वालेन दाइ ।
शुभकामना छ सधै भरि राम्रा र असल काम गर्दै जानु ।
सबै जनताको साथ छ हजुरलाई पछाडी कहिल्यै नहटनु ।