२०८१ आश्विन ७ , सोमवार

अमेरिकी डीभीको आवेदन खुला, कहिलेसम्म पाइन्छ भर्न ?

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । काठमाडौंस्थित अमेरिकी दूताबासले  १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने जनाएको छ ।

आवेदन दिनको लागि https://dvprogram.state.gov मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूताबासले जनाएको छ ।