२०८१ मंसिर ४ , मंगलबार

रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवार हुने घनश्याम भुसालकाे घोषणा

सुनाखरी न्युज/ काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घनश्याम भुसालले रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।

 

टिकट नपाएपछि एमाले परित्याग गरेका नेता भुसालले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन् । आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने उनले बताए । उनले गठबन्धनको सहयोगमा उम्मेदवार बने आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गरेका छन् ।

 

सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही १ माओवादीको भागमा परेको थियो । माओवादीले आफ्नै चुनाव चिह्नबाट चुनाव लड्न अनुरोध गरे पनि उनले अहिले आफू स्वतन्त्रकै रुपमा लड्ने जानकारी गराए ।