२०८१ कार्तिक १७ , शनिवार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो, प्रतिब्यारेल १०० डलर पुग्ने अनुमान

सुनाखरी न्युज/ काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः वृद्धि भएको छ । गत साता मात्र कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको थियो ।

 

गत शुक्रबार ब्रेन्ट तेलको मूल्य ४ दशमलव २७ प्रतिशतले बढेर ९८ दशमलव ४५ डलर प्रतिब्यारेलमा बन्द भएको थियो । यसैगरी कच्चा तेल डब्ल्यूटीआई ५.३७ प्रतिशतले बढेर ९३ दशमलव २० प्रतिब्यारेलमा बन्द भएको छ । यसरी नै मूल्य तीव्रगतिले बढ्ने हो भने आगामी दिनमा तेलको मूल्य १०० डलर प्रतिब्यारेल पुग्ने अर्थविदहरुको अनुमान छ ।

 

कच्चा तेलको मूल्य बढ्नुमा तेल उत्पादक देशहरुको निर्णय मुख्य कारण रहेको बताइएको छ । तेल निर्यात गर्ने देशहरुको संगठन ओपेक र यसका सहयोगीहरु ओपेक प्लसले गत बुधबार उत्पादन कटौती गर्ने निर्णय गरेको थियो । ओपेक प्लसले नोभेम्बरदेखि दैनिक २० लाख ब्यारेल उत्पादन कटौती गर्ने निर्णय गरेको छ ।