२०८१ मंसिर १३ , बिहिवार

सानिमा बैंकको शाखा ठिमी र कपनमा विस्तार

सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंक लिमिटेडले आश्विन १४ गते ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवाविस्तार गरेको छ ।

 

उक्त शाखाहरुको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी) तथा बैंकका संचालक भरत कुमार पोख्रेलले संयुक्त रुपमा गरेका थिए । समुद्घाटन् समारोहमा मह जोडीले ठिमी र कपनमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमानिरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

 

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए । सानिमा बैंकको देशका सातै प्रदेशमा १२९कार्यालयहरुर १२० वटा एटिएम संजालहरु संचालनमा रहेका बैकले जनाएको छ ।