२०८१ मंसिर ९ , आइतवार

नेप्सेमा दोहोरो अंकको वृद्धि,कारोबार रकममा पनि सुधार

सुनाखरी न्युज/ काठमाडौं । दसैंपछि आइतबार खुलेको सेयर बजारमा परिसूचक नेप्से ४४.६२ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १८९८ अंकमा कायम भएको छ ।

 

कारोबार रकम भने ८३ करोड ६८ लाख रुपैयाँमा खुम्चिएको छ । १७५ कम्पनीको मूल्य बढ्दा ८ को घट्यो भने २ को स्थिर रह्यो । सबै उपसमूह बढेका छन् । बैंकिङ २५, विकास बैंक १४९, फाइनान्स ७०, होटल तथा पर्यटन ४९, जलविद्युत् ५६, जीवन बीमा १८७, उत्पादन १२१, माइक्रोफाइनान्स ११२, निर्जीवन बीमा १३५, अन्य ३२ र ब्यापार उपसमूह १७ अंक बढे ।

 

सप्तकोसी विकास बैंक र उपकार लघुवित्तको मूल्य करिब १० प्रतिशत बढ्यो । गुहेश्वरी मर्चेन्टको ८.७, मितेरी डेभलपमेन्टको ८.२ तथा एक्सल डेभलपमेन्टको ७.९ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा हिमालयन एभरेस्ट इन्स्योरेन्स (संस्थापक), नबिल बैंक, हिमालयन डिस्टिलरी, अपी पावर र शिवम् सिमेन्ट क्रमश: अगाडि रहे ।