सुनाखरी न्युज/ काठमाडौं । देश र जनताको हितमा ईमान्दारीपूर्वक कामगर्ने प्रतिबद्धताका साथ काठमाडौं क्षेत्र नं ६ मा स्वतन्त्रबाट ईन्जिनियर दिपु उप्रेतीले उम्मेदवारी दिएका छन । मौलिक विविधताले भरिएको काठमाडौं क्षेत्र नं. ६ मा बसोबास गर्ने सम्पूर्ण आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुको आवाज बन्न मैले उम्मेदवारी दिएको हुँ । यो निर्णयमा तपाईंहरुको सच्चा प्रतिनिधि बन्ने अठोट छ । मलाई यस अभियानमा साथ दिन सम्पुर्ण मतदाताहरु लाई अमुल्य मत दिन अपिल गरेका छन ।
६ नम्बरमा धेरै नेता जन्मायो, धेरै मन्त्री पायो त्यो पनि पटक पटक तर खै किन र के ले रोक्यो विकाश ? यस्ता कयौँ प्रश्नको उत्तर संगै विकाशको खाकाँ बोकेर स्वतन्त्र रुपमा समग्र विकाश गर्ने अठोटका साथ चुनावी मैदानमा उत्रिएछु उप्रेतीले भने । विभिन्न दलका शिर्ष नेता रहेको स्थान भए पनि तार्केश्वोर जनता आज सम्म पनि सडककै कारण पछि पर्नु र्दुभाग्य भएको ईन्जिनियर उप्रेतीको ठहर छ । नेताहरुको क्षमताले भ्याय सम्मको विकाश त गरे तर अबको विकाश पुरानै शैली र योजनामा गरेर सम्भव छैन् ।
मङ्सिर ४ नंया पुस्ता रोज्ने कि पुरानो पुस्ता खोज्ने , अबको लडाइ निर्णायक हुनै पर्छ ।
सक्षम अनुभवी नयाँ पुस्ताले अब पुरानो पुस्तालाई पूर्ण विस्थापनको निम्ती अबको संसदीय चुनाव ।
सबैको सपनाहरु साकार गर्न मेरो उम्मेदवारी मङ्सिर ४ , घर घरको दिप , सक्षम युवाको सरकार ! 🙏
विकाशमा नयाँ प्रविधि, नयाँ सोच भित्र्याउनु जरुरी छ । त्यसका लागि सर्वप्रथम अब जनताले नेतृत्व परिवर्त गर्न आवश्यक छ । पार्टीका उम्मेदवार जिताएर सोहि पार्टीका नेता कार्यकर्ताको मात्र विकाश भयो तर जिल्ला र क्षेत्रको अवस्था ज्यूँका त्यूँ । त्यसैले पनि अवको नेतृत्व युवा, शिक्षित, प्रविधियुक्त र स्वतन्त्र हुनुपर्ने जनताको माग र जनताको विकाश नयाँ ढंगबाट गर्ने खाकाँ सहित आफू चुनावी मैदानमा उत्रिएको उप्रेतीले बताए । स्थानिय सरकारका राम्रा कामलाई सर्मथ गर्दै गलत कामलाई खबरदारी गर्नुपर्ने मान्यता उप्रेतीको छ ।