सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको छ ।
असोज २२ गते स्वास्थ्य समस्या भएपछि राष्ट्रपतिलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिनुभयो । उहाँको भीभीआईपी क्याबिनमा राखेर उपचार गरिँदै छ । राष्ट्रपतिको स्वास्थ्य भने सामान्य नै छ ।