२०८१ कार्तिक २१ , बुधवार

नेप्सेमा २७.१६ अंकको गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से २७.१६ अंकले घटेर एक हजार ८ सय ७१ दशमलब २२ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज नेप्सेमा ९७ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५०१.९० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार गरिमा डिभेञ्चर २०८५ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड प्रमोटर शेयरको भएको छ । यसको आज १६ करोड ५८ लाख भन्दा बढीको कारोबार भएको छ ।