सुनाखरी न्युज/ काठमाडौं । गण्डक अस्पताल प्रा.लि.तथा स्पर्श मल्टिस्पेसियालिटी अस्पताल बीरगंज र सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बीच सो अस्पतालहरुबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवामा निश्चत प्रतिशतको छुट सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता अनुसार सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत बहालवाला कर्मचारीहरु, मधेश प्रदेशभित्र स्थायी वतन भएका बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, भूतपुर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजहरुका आश्रीत परिवारहरुलाई स्वास्थ्य उपचार सेवामा निश्चत छुट सुविधा उपलब्ध गराउने उद्धेश्यले सो सम्झौता भएको हो । असोज २४ गते गण्डक अस्पताल प्रा.लि.र असोज १३ गते स्पर्श मल्टिस्पेसियालिटी अस्पताल बीरगंज संग समझदारी पत्रमा सशस्त्र प्रहरी बल, नेपाल नम्वर १२ गण बारामा आयोजित छुट्टा–छुट्टै कार्यक्रमहरुका बीच द्विपक्षीय हस्ताक्षर भएको हो ।
सो सम्झौता समझदारी पत्रमा हस्ताक्षर भएको मितिबाटै लागू हुने र यसको अवधि ५ वर्ष सम्मको हुने छ ।यसको साथै आपसी सहमतिमा समझदारी पुनः निरन्तरता प्रदान गर्न सकिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।