२०८१ पुष २८ , आइतवार

मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जना पक्राउ

सुनाखरी न्युज/ ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ नगरपालिका-५ बिरेन्द्र चोकमा रहेको अम्वर श्रेष्ठले संचालन गरेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका-२ का २९ बर्षीय राजन पर्तेल, शिवसताक्षी नगरपालिका-१ झापाका २६ बर्षीय चुन बहादुर सुनार, अर्जुनधारा-१० झापाका २५ बर्षीय मणिराज पर्तेल र सिदिङवा गाउँपालिका ५ ताप्लेजुङ घर भई फिदिम-१ पाँचथर बस्दै आएका २७ बर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बु रहेका छन ।

 

गत असोज १७ गते बिहान कंचन मनि ट्रान्सफरमा ४ जनाको समुह पेस्तोल सहित प्रवेश गरी मनि ट्रान्सफरका कर्मचारी ३३ बर्षीया आशामाया प्रधानलाई कुटपिट गरी सेफमा राखेको करिव ३४८ तोला सुनका बिभिन्न गरगहनाहरु र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैया समेत डाँका गरी भागेको घटना सम्वन्धमा तत्काल प्रहरी परिचालन गरी खोज तलासको क्रममा संलग्न ३ जनालाई सुनको बिभिन्न गरगहना १४३ तोला र नगद ६ लाख १३ हजार ३ सय ४० रुपैया र १ थान पेस्तोल सहित पक्राउ गरिएको हो भने गजेन्द्र लिम्बुलाई खोज तलासको क्रममा २४ गते बेलुका पाँचथरको फालेलुङ-८ स्थितमा लुकिछिपि बसेको स्थानबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको सम्मानित ताप्लेजुङ जिल्ला अदालतबाट डाँका मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।