२०८१ कार्तिक २१ , बुधवार

नेप्से १८५५ अंकमा, ५५ करोडमा खुम्चियो सेयर कारोबार

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से १६.०६ अंकले घटेर एक हजार ८ सय ५५ दशमलब १६ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज नेप्सेमा ५२ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ३३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज समिट लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले बढेर प्रतिकित्ता ९२९.५० रुपैयाँ पुगेको छ । त्यस्तै, अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५५२ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार विन्ध्यावासिनी हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज तीन करोड १० लाख भन्दा बढीको कारोबार भएको छ ।