२०८१ मंसिर १३ , बिहिवार

पाँच वर्ष पुरानो लाभांश बुझिलिन सिभिल बैंकको अनुरोध

सुनाखरी न्युज/ काठमाडौं । सिभिल बैंक लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझिलिन सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ ।

बैंकले साविक एक्सिस डेभलपमेन्ट बैंक , सिभिल मर्चेन्ट वित्तीय संस्था, इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडका केहि शेयरधनीहरूले लाभांश बुझिलिन बाँकी रहेकाले सुचना जारी गर्दै बुझिलिन आग्रह गरेको हो । सम्बन्धित शेयरधनीहरूले शेयर रजिष्ट्रार सिभिल क्यापिटल लिमिटेडमा सम्पर्क गर्नुपर्नेछ ।

भुक्तानी लिन बाँकी रहेका सदस्यहरूको विवरण बैंकको वेवसाइटबाट डाउनलोड गरी हेर्न सकिने बैंकको भनाई छ । सुचना प्रकासित भएको मितिले ३० दिनसम्म भुक्तानी नभएमा लगानीकर्ता संरक्षण कोषमा ज्म्मा गरिने जानकारी समेत बैंकले दिएको छ ।